एनआईआईसीईको  ‘डिप्लोम्याट कन्क्लेभ’ सम्पन्न

मंगलबार, ०८ फागुन २०८०, १७ : २०

काठमाडौँ - नेपाल इन्स्टिच्युट फोर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (एनआईआईसीई)ले नेपालमा ‘डिप्लोम्याट्स कन्क्लेभ’ सम्पन्न गरेको छ । एनआईआईसीईले युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसआईडी)सँगको सहकार्यमा कन्क्लेभ आयोजना गरेको हो ।यो डिप्लोम्याट्स कन्क्लेभमा अमेरिकी नियोगका सेपिदेह केभनशाद समेत उपस्थित थिए । यो कन्क्लेभ आयोजना गर्नुको मुख्य उद्देश्य कूटनीतिक समुदाय, विज्ञ, विश्लेषक, नीति निर्माता, युवा, अनुसन्धानकर्ता र विद्यार्थी संलग्न गराउने रहेको आयोजकले जनाएको छ ।

 केभनशादले युएसआईडीमार्फत नेपालसँग अमेरिकी सरकारको साझेदारी भन्ने विषयमा कुरा गरिन् । उनले युएसआईडीमार्फत अमेरिकी सरकार र नेपालबिचको ६० वर्ष लामो साझेदारीको बारेमा प्रकाश समेत पारिन् । युएसआईडी नेपालमा सडक, विमानस्थल, अस्पतालजस्ता पूर्वाधार विकासमा केन्द्रित रहेको छ । यसबाहेक, स्वास्थ्य, शिक्षा, कृषिजस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर युएसआईडीले नेपालमा काम गरिरहेको छ । केभनशादले स्थानीय निकाय र नेपाल सरकारसँगको साझेदारीमा जोड दिँदै क्षमता अभिवृद्धि र प्रणाली सुदृढीकरणमा युएसआईडीको सङ्क्रमणलाई जोड दिइन् । केभनशादले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू भन्दा उनीहरूलाई बढी रकम दिने निर्देशन दिएर स्थानीय संस्थाहरूमा युएसआईडीको विश्वासलाई जोड दिइन् ।

मंगलबार, ०८ फागुन २०८०, १७ : २०

प्रतिक्रिया