१ महिनामै ०.२१ प्रतिशत विन्दुले घट्यो बैंकहरुको बेस रेट

सोमबार, १४ फागुन २०८०, ०७ : ४२

काठमाडौं- पछिल्लो केही समयदेखि बैंकहरुको ब्याजदर निरन्तर रूपमा घट्दो क्रममा छ । पछिल्लो महिना मात्रै वाणिज्य बैंकहरुको बेस रेट ०.२१ प्रतिशत विन्दुले घटेको छ।

फागुन महिनामा वाणिज्य बैंकहरुको औसत आधार दर ९.३४ प्रतिशत कायम भएको छ । यसअघि माघमा २० वाणिज्य बैंकहरुको औसत आधार दर ९.५५ प्रतिशत थियो । यसर्थ गत माघ महिनाको तुलनामा फागुनमा औसतमा आधार दर घटेको छ।

 त्यसै गरी स्टान्डर्ड चार्टर्ड बैंकको आधार दर जम्मा ७.५६ प्रतिशत रहेको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर ७.९२ प्रतिशत छ । अरु १५ बैंकको आधार दर ८ प्रतिशतदेखि १० प्रतिशतको बीचमा रहेको छ । 

१० प्रतिशतभन्दा धेरै आधार दर हुनेमा हिमालयन, कुमारी र प्राइम कमर्सियल बैंक रहेका छन् । बेस रेट सस्तो भए मात्र कर्जाको ब्याजदर पनि सस्तो हुन जान्छ । अनि, मात्र ऋणीले राहत पाउन सक्छन् । केही समयदेखि वाणिज्य बैंकहरुको आधार दर समग्रमा घट्दै आइरहेको छ। तर कर्जा लिनेलाई राम्रैसँग राहत मिल्ने गरी अझै पनि ब्याजदर सस्तो हुन नसकेको व्यवसायीहरू बताउँछन्। 

सोमबार, १४ फागुन २०८०, ०७ : ४२

प्रतिक्रिया