शाओमीको इन्ट्री लेभल रेड्मी ए थ्रि स्मार्टफोन नेपालमा

१ महिना अगाडि

काठमाडौँ – ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी ए थ्रि लन्च गरेको छ । रेड्मी ए थ्रि लन्चसँगै शाओमीले आफ्नो इन्ट्री लेभल लाइनअपलाई झनै विस्तार गरेको छ । रेड्मी ए थ्रि स्मार्टफोन ६.७१ इन्च एचडी प्लस डिस्प्ले र डुअल रियर क्यामेरा सेटअप सहित कोर्निंग ® गोरिल्ला ® ग्लास ३  को  सुरक्षा सहित  संचालित छ ।


१० वाट फास्ट चार्जिङ र ५००० एमएच ब्याट्रीको साथ रेड्मी ए थ्रि लाई युएसबी टाईप सी मा चार्ज गर्न सकिने छ । ग्लास ब्याक र लेदर टेक्सचर ब्याक गरी दुईवटा ब्याक डिजाइन भेरियन्टमा उपलब्ध यो स्र्माटफोनमा साइड फिंगरप्रिन्ट स्क्यानर जस्ता सुरक्षाका सुविधाहरू उपलब्ध छन् । यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री मनु मनस्वीज्यु ले भन्नुभयो, “ग्राहकहरु माझ रेड्मी ए थ्रि प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ । प्रभावशाली प्रदर्शन, उत्कृष्ट डिस्प्ले र एआई डुअल क्यामेराको साथ रेड्मी ए थ्रि मा इन्ट्री लेभल स्मार्टफोनमा हुनुपर्ने सबै फिचरहरु उपलब्ध छ । रेड्मी ए थ्रि स्टाइल, इनोभेसन र पर्फर्मेन्सको कम्बीनेसन हो । ”


उत्कृष्ट डिस्प्लेः
रेड्मी ए थ्रि को ६.७१ इन्चको एचडी प्लस डिस्प्ले र १६५० ८ ७२० पिक्सेलको रिजोल्युसनले तपाईंले हेर्ने हरेक तस्विरलाई आकर्षक बनाउँछ । हरेक फोटो र भिडियोमा भाइब्रेन्ट रङहरू र सार्प क्लारिटीको साथ रेड्मी ए थ्रिले एक अनुपम अनुभव प्रदान गर्नेछ । 

 


शक्तिशाली प्रदर्शनः
मिडियाटेक हेलियो जि ३६ प्रोसेसर र २.२ गिगाहर्जसम्मको क्लक स्पिडका साथ रेड्मी ए थ्रिले फास्ट पर्फमेन्स र  सिमलेस मल्टिटास्किङ सुनिश्चित गर्दछ । ४ जिबी ¥याम (४ जिबी विस्तारित) र १२८ जिबी स्टोरेजको ( १ टीबी सम्म बडाउन सकिने ) साथमा प्रयोगकर्ताले स्मुथ अपरेसन र आकर्षक स्टोरेजको मजा लिन सक्नेछन् । रेड्मी ए वान रेड्मी ए टुमा रहेको एन्ड्रोइड गो भर्जनबाट अपग्रेड भई रेड्मी ए थ्रिले एन्ड्रोइड १४ को स्वाद दिनेछ । यस फोनले दुई मुख्य एन्ड्रोइड अपडेटहरू र ३ वर्षको सेकुरिटी प्याच अपडेटहरू प्राप्त गर्नेछ ।

 

लङ लास्टिङ ब्याट्रीः

रेड्मी ए थ्रिको ठुलो ५००० एमएच ब्याट्री क्षमताले युएसबी टाईप सी र १० वाटको चार्जिङ  समर्थन गर्दछ जस्ले दिनभर स्र्माटफोनसँग कनेक्टेड रहिरहन मद्दत प¥याउँनेछ । 

 

स्लिक डिजाइनः
स्टाइल र स्टेबिलिटीको साथ रेड्मी ए थ्रि ले स्लीक डिजाइन र कोर्निंग ® गोरिल्ला ® ग्लास ३  को सुरक्षा पनि प्रदान गर्दछ । ग्लास ब्याक र लेदर टेक्सचर ब्याक गरी दुईवटा ब्याक डिजाइन भेरियन्टमा उपलब्ध यो स्र्माटफोनमा साइड फिंगरप्रिन्ट स्क्यानर जस्ता सुरक्षाका सुविधाहरू उपलब्ध छन् जसले  यस स्र्माटफोनलाई झनै सुरक्षित र सहजत बनाउँदछ ।

 


बजार उपलब्धता
रेड्मी ए थ्रि मा ओलिभ ग्रीन, मिडनाइट ब्ल्याक र लेक ब्लू कलरहरुमा ३ जिबी + ६४ जिबी र ४ जिबी + १२८ जिबी  भेरियन्टमा उपलब्ध हुनेछ ।
३ जिबी + ६४ जिबी र ४ जिबी + १२८ जिबीको मूल्य क्रमश रु. ११,९९९ र रु. १२,९९९  पर्नेछ ।  
यी सबै भेरियन्टहरु आधिकारिक मी स्टोर र शाओमीका आधिकारिक रिटेलरहरूमा उपलब्ध छ ।

 

 

Specifications of Redmi A3: 

 

 

Redmi A3

Design & Build 

Body: Glass (Midnight Black and Lake Blue) |
   
          Leather Texture Olive Green
Dimensions: 168.3mm x 76.3mm x 8.3mm
Weight: 199g (Midnight Black and Lake Blue) | 193g (Olive Green)
USB: Type-C

Operating System: Android 14 (2 Android major updates, 3 years of security patch updates)

Camera

Rear Cameras: 8MP AI Dual Camera
Flash & type: LED flash, monochrome, portrait modes and film filters 

 

Selfie Camera: 5MP
Front flash: Screen flash

Display

Size: 17.04cm (6.71-inch)
Resolution: 1650 x 720
Max refresh rate: 90Hz
Touch Sampling rate: 180Hz
Peak Brightness: 500nits
Display Protection: Corning® Gorilla® Glass 3 

Chipset & Memory

Processor: MediaTek Helio G36 | Higher clock speed up to 2.2GHz
RAM and Memory: 3GB + 64GB | 4GB + 128GB
Micro SD card support: 2+1 card slot, expandable to 1TB

Battery & Charging

Battery Capacity: 5000 mAh (typ)
Max charging support: 10W
In-box charger: 10W Type-C

Audio

Headphone jack: 3.5mm headphone jack

Sensors

Ambient Light Sensor: Virtual ambient light sensor
Proximity Sensor: Virtual proximity sensor
Accelerometer: Accelerometer
Fingerprint Scanner: Side Fingerprint Scanner

Connectivity

Navigation: GPS, AGPS, Glonass, Beidou, Galileo, Electronic compass
Bluetooth: v5.4
Wi-Fi Bands: 2.4GHz+5GHz

 

१ महिना अगाडि

प्रतिक्रिया