कोका–कोलाको ‘काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण हुदै

१ महिना अगाडि


काठमाडौँ - कोका–कोलाले ʻकाठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण गर्ने भनेको छ । काठमाडौँको हायातहोटल मैदानमा चैत्र २ गते, शुक्रबार बिहान ११ बजेदेखि उक्त अत्याधिक अपेक्षित कार्यक्रम सुरु हुनेछ ।ʻइज कुकिङ’ कोका–कोलाको विश्वव्यापी क्याम्पेन हो जसले विश्वभर खानालाई मजा लिएर खान प्रोत्साहित गर्दै आएकोछ ।

 

यो कार्यक्रम कोका–कोलाको ग्लोबल ब्रान्ड प्लेटफर्म – ʻरियल म्याजिक’ अन्तर्गत नै पर्न आउँदछ । यस वर्षकोʻकाठमाडौँ इज कुकिङ’ ऐतिहासिक हुने कम्पनीले जनाएको छ । यस कार्यक्रममा चर्चित भारतीय गायक पापोन लगायत नेपाली चर्चित ब्यान्ड तथा गायकहरु द एलेमेन्ट्स, भेक, जोन एन्ड द लोकल्स, सुशान्त घिमिरे रप्रजिनाले पनि प्रस्तुति दिनेछन् । यी कलाकारहरुको मनमोहक प्रस्तुतिले अविस्मरणीय साङ्गीतिक अनुभव प्रदान गर्ने कम्पनीलेविश्वाश लिएको छ । कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भन्नुभयो, “यस कार्यक्रमले नेपालीहरुको रमाइलो गर्नेसंस्कृतिलाई झल्काउनेछ । ʻकाठमाडौँ इज कुकिङ’ मा हाँसो, खुसी र मनोरञ्जनका पलहरु देख्न पाइनेछ । नेपालीसमुदायको विभिन्न जीवन्त भावनाहरुलाई यस कार्यक्रममा उतार्न पाउँदा हामी निकै हर्षित छौँ ।”

 

ʻकाठमाडौँइज कुकिङ’ ले नेपालको सङ्गीत र सबैको मनपर्ने परिकार मोस्मो को कम्बिनेसनलाई झनै बलियो बनाउनेछ। यो संस्करणले पनि अघिल्ला वर्षहरुझै सफल हुने कम्पनीले विश्वाश लिएको छ । यस कार्यक्रममा उपस्थित हुनचाहनेहरुले मोस्मो र कोका–कोलाको स्वाद सहित मनमोहक साङ्गीतिक प्रस्तुतिको मजा पनि लिन सक्नेछन् । यसकार्यक्रममा विशेष कम्बो अफर र छुटसहित २५ भन्दा बढी मोस्मो भेन्डरहरुको सहभागिता हुनेछ ।बोटलर्स नेपाल लिमिटेडका एमडी श्री दीपक सेन्थिल नाथले भन्नुभयो, “काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करणलाईनेपालमा कोका–कोलाको यात्राको एउटा महत्वपूर्ण कोसेढुंगाको रुपमा स्थापित हुनेछ । यस कार्यक्रम मार्फत हाम्राउपभोक्ताहरुका लागि अतुलनीय क्षणहरु सिर्जना गर्न पाउँदा हामी निकै उत्साहित छौँ । सङ्गीत, मोस्मो र कोका–कोलाको कम्बिनेसन यस दिनको कार्यक्रममा देख्न पाइनेछ ।”ʻकाठमाडौँ इज कुकिङ’ फोहोर–रहित कार्यक्रम रहेको कम्पनीले जनाएको छ । यस कदमले कोका–कोलाको रिसाइक्लिङप्रतिको प्रतिबद्धतालाई झल्काएको छ । ʻकाठमाडौँ इज कुकिङ’ मा सहभागी भई रमाइलो गर्ने अवसरकाफाइदा लिनुहोस्।

१ महिना अगाडि

प्रतिक्रिया