साल्ट ट्रेडिङ कर्पोरेसनको साधारणसभा  चैत २३ गते हुने

१ महिना अगाडि

काठमाडौं- साल्ट ट्रेडिङ कर्पोरेसनले चैत २३ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।

बुधबार बसेको कम्पनी सञ्चालक समिति बैठकले चैत २३ गते सभा गर्ने निर्णय गरेको हो । कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले चैत ९ गते बुक क्लोज गर्ने भएको छ । चैत ८ गतेसम्म कायम रहेका सेयरधनीले गत आवको नाफाबाट लाभांश पाउनेछन् भने सभामा भाग लिन पाउनेछन् । कम्पनीले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा नोक्सान र नगत प्रवाह लगायतका विषयमा छलफल हुनेछ।

१ महिना अगाडि

प्रतिक्रिया