इन्फिनिक्सको ८ सिरिजका स्मार्टफोन सार्वजनिक

१ महिना अगाडि

काठमाण्डौँ - स्मार्टफोन ब्राण्ड इन्फिनिक्सले नेपालमा स्मार्ट ८ सिरिज अन्तर्गत तीन किसिमका स्मार्टफोनहरू बजारमा ल्याएको छ ।

 स्मार्ट ८, स्मार्ट ८ प्लस र स्मार्ट ८ प्रो नाम दिएर सार्वजनिक गरिएका यी तीनवटा स्मार्टफोनहरू उत्कृष्ट विशेषता साथ सुलभ मूल्यमा बजारमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।  इन्फिनिक्सको स्मार्ट ८ प्लस स्मार्टफोनमा पनि ५० मेगापिक्सलको डुअल क्यामेरा सेटअप रहेको छ भने ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । ६।५६ इन्च एचडी डिस्प्लेसहित आकर्षक तथा प्रिमियम डिजाइनमा आउने यो स्मार्टफोनमा उत्कृष्ट पर्फमेन्शका लागि शक्तिशाली ६००० एमएएच ब्याट्री क्षमता प्रदान गरिएको छ । यसले टाइप सी चार्जिंग सपोर्ट गर्नुका साथै स्मार्ट ८ प्लसमा फिङ्गरप्रिन्ट सुविधा पनि छ  । स्मार्ट ८ प्लस ४ जीवी र्याम र ६४ जीवी रोममा १३ हजार ९९९ मा उपलब्ध छन् । यो स्मार्टफोन टिम्बर ब्ल्याक, ग्यालेक्सी ह्वाइट र साइनी गोल्ड रंगमा देशभरका रिटेल स्टोर र इकर्मश प्ल्याटफर्महरुमा उपलब्ध छन् ।


इन्फिनिक्सको स्मार्ट ८ प्रो स्मार्टफोनमा ५० मेगापिक्सलको डुअल क्यामेरा सेटअप छ भने ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा छ । प्रिमियम डिजाइन सहित ६।५६ इन्च एचडी डिस्प्ले रहेको स्मार्ट ८ प्रो मा मिडिया टेक हेलियो जी ३६ चिपसेट राखिएको छ । स्मार्ट ८ प्रो ४जीवी र्याम र ६४ जीवी रोम तथा ४ जीवी र्याम र १२८जीवी रोममा क्रमशः १२ हजार ९९९ र १३ हजार ४९९ रुपैयाँमा उपलब्ध छन् । इन्फिनिक्सको नयाँ मोडल स्मार्ट ८ मा ६।५६ इन्च एचडी डिस्प्लेको साथमा १३ एमपी रियर क्यामेरा र ८ एमपी फ्रन्ट क्यामेरा छ । पर्फमेन्शका लागि शक्तिशाली ६००० एमएएच ब्याट्री रहेको यो स्मार्टफोनले टाइप सी चार्जिंग सपोर्ट गर्दछ । स्मार्ट ८ मा स्टोरेजका लागि ३ जीवी र्याम र ६४ जीवी रोम तथा ४ जीवी र्याम र १२८ जीवी रोममा क्रमशः ११ हजार ४९९ र १२ हजार ९९९ रुपैयाँमा उपलब्ध छन् ।

१ महिना अगाडि

प्रतिक्रिया