सीजी ब्रान्डको स्मार्ट बोर्ड शुरु

१ महिना अगाडि

काठमाडौं- सीजी ब्रान्डले शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरूको लागि आफ्नो नवीनतम अन्तरक्रियात्मक डिजिटल बोर्ड (आईडिबी) अथवा स्मार्ट बोर्ड शुरु गरेको छ ।

अन्तरक्रियात्मक डिजिटल बोर्डहरू ठूला साईजमा भएकाले कुनै कुराहरु प्रदर्शन गर्न र सिक्ने सिकाउने उपकरणको रूपमा प्रयोग गर्न सकिन्छ । अन्तरक्रियात्मक डिजिटल बोर्डको क्षेत्र निरन्तर विकसित हुदैछ । नया प्रविधि र आविष्कारहरू सधैं नै भईरहेको छ । यो एक रोमाञ्चक र गतिशील हुनुका साथै विभिन्न क्षेत्रहरु जस्तै शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरू जस्ता क्षेत्रमा निकै नै लाभदायक हुने कम्पनीले जनाएको छ ।

अन्तरक्रियात्मक डिजिटल बोर्डलाई काम गर्न सजिलो र सबैका लागि पहुच योग्य बनाउन सके यो सबै क्षेत्रहरूको लागि उपयूक्त वस्तु प्रमाणित हुन सक्ने कम्पनीको भनाई छ । बोर्डलाई कम्प्युटर र अन्य उपकरणहरूमा जडान गरिएको छ भने, प्रयोगकर्ताहरूलाई जानकारी प्रदर्शन गर्न र त्यही समयमा त्यससंग अन्तरक्रिया गर्न पनि सकिन्छ । बोर्डमा ४ के रिजोल्युसन, वायरलेस स्क्रिन टच, एन्ड्रोइड १३ ओएस, बिल्ट–इन क्यामेरा र माइकहरु जस्ता विभिन्न सुविधाहरू सहित ६५, ७५ र ८६ इन्चमाा उपलब्ध छन् । थप विवरणहरू प्राप्त गर्न ग्राहकहरूले सीजी ब्रान्डको आधिकारिक वेबसाइट र यसको आफ्नै इ–कमर्स प्लेटफर्मबाट लिन सकिन्छ ।

१ महिना अगाडि

प्रतिक्रिया