रियलमीले ‘रियलमी सी ५५’ मोडेलको स्मार्टफोनमा भारी छुट

१ महिना अगाडि

काठमाडौं- रियलमीले ‘रियलमी सी ५५’मोडेलको स्मार्टफोनमा भारी छुट घोषणा गरेको छ। यसअघि २१ हजार ९९९ रुपैयाँमा उपलब्ध ६ जीबी र्याम तथा ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य अहिले १५ हजार ४९९ रुपैयाँ कायम गरिएको छ । यसको मूल्य ६५ सय रुपैयाँले घटेको हो।

यस फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामरा छ। त्यस्तै सेल्फी क्यामरा ८ मेगापिक्सेल छ । जसले १०८० पीसम्मको भिडिओ रेकर्ड गर्न सक्छ । ५००० एमएएच क्षमताको ब्याट्री रहेको फोनले रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ। 

कम्पनीका अनुसार यसमा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ ।त्यस्तै यसमा मेडियाटेक हेलियो जी ८८ चिपसेट रहेको छ । जसले  प्रयोगकर्तालाई सिमलेस युजर एक्स्पिरियन्स प्रदान गर्ने कम्पनीको भनाइ छ । 

१ महिना अगाडि

प्रतिक्रिया