आईफोन १६ प्रो विगतका मोडलभन्दा बढी चम्किलो हुने

१ महिना अगाडि

काठमाडौं - आईफोनको नयाँ संस्करणमा  नयाँ सूचना अनुसार आईफोन १६ प्रोको लुक्स विगतका मोडलभन्दा पोलिस्ड (चम्किलो)हुने भएको छ। 

यस अघि आईफोन १६ प्रोको लाइनअपका रङ परिवर्तन हुने सूचना बाहिरिएको थियो । त्यसबेला चिनियाँ लिकरले आईफोन १६ प्रोमा स्पेस ब्ल्याक, ह्वाइट, ग्रे र रोज गरी चार ओटा रङ हुने भनिएको थियो । आईफोन १५ प्रोमा नेचुरल टाइटानियम, ब्ल्याक, ह्वाइट र ब्लू रङ छन् । ती मध्ये ब्लूलाई हटाएर रोज रङ आउने ती लिकरले दाबी गरेका थिए । अहिले अर्को लिकर  'yeux1122'  का अनुसार एप्पलले रङ मात्र नभएर रङको लुक्स समेत परिवर्तन गर्नेछ । जसले गर्दा आईफोन १६ प्रो चम्किलो देखिन्छ । यसका लागि एप्पलले टाइटानियम च्यासिसको उत्पादन र रङ प्रशोधनका लागि नयाँ तरिका अपनाउने उनको दाबी छ ।यद्यपि यो सूचना आधिकारिक होइन । एप्पलले नयाँ मोडलमा के-कस्ता परिवर्तन गर्छ भन्ने निश्चित छैन । तर यदि उक्त सूचना सत्य भए आईफोन १५ प्रोमा भएको ब्रस्ड मेटल लुक हट्ने छ ।


 

१ महिना अगाडि

प्रतिक्रिया