एलजीले नयाँ वर्ष विशेष अफर समर्वजानिक

३ हप्ता अगाडि

काठमाडौं- एलजीले नयाँ वर्ष २०८१ साललाई लक्षित गरी विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । एलजी ब्रान्डका कुनैपनि सामान खरिद गर्दा आकर्षक नगद छुट र पक्का उपाहार योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले एलजीका घरायसी सामानहरु खरिद गर्दा नगद छुट र पक्का उपहारका साथै १ लाख रुपैयाँको दुर्घटना बीमा, तथा लक्की ड्र मा एलजी ओलेड टिभी हरेक महिना जित्न सक्नेछन् ।

कम्पनीका अनुसार एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिङ्गल डोर रेफ्रिजेरेटर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरुले ४० प्रतिशत सम्मको क्याश ब्याक प्राप्त गर्न सक्नेछन् ।


साथै, एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा माइक्रोवेभ ओभन, एलजी डबल डोर रेफ्रिजेरेटर ९३०८ लिटर र माथि० को खरिदमा मिक्सर वा भेजिटेबल प्युरिफायर, एलजी डबल डोर रेफ्रिजेरेटर–२८५ लिटर सम्मको खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन (१० केजी र माथि) को खरिदमा इन्डक्सन कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन (९ केजी सम्म) को खरिदमा ६ केजी डिटरजेन्ट पाउडर, एलजी टप लोड तथा टुइन टब वाशिङ मेसिनको खरिदमा ४ लिटर डिटरजेन्ट लिकुइद, एलजी डिस वासरको खरिदमा २ प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने कीट र एलजी एयर प्युरिफायरको खरिदमा एयर हिउमिडिफायर प्राप्त गर्न सक्नेछन् । त्यस्तै एयर सलुसन तर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले फ्री इन्स्टलेशन सेवा पाउनेछन् ।

३ हप्ता अगाडि

प्रतिक्रिया