सडक बत्तीको विद्युत लाइन जुनसुकै बेला काट्ने प्राधिकरणको चेतावनी

३ हप्ता अगाडि

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको विद्युत लाइन जुनसुकै बेला काट्ने चेतावनी दिएको छ।

प्राधिकरणले आज सूचना जारी गर्दै सडक बत्तीको बक्यौता रकम जम्मा नगर्ने स्थानीय तहको लाइन जुनसुकै बेला काट्ने चेतावनी दिएको हो।

प्राधिकरणले यहि चैत १६ गथे सार्वजनिक सूचनामार्फत् सबै स्थानीय तहबाट रीतपूर्वक ग्राहक बन्ने कार्य भइ सडक बत्तीको बक्यौता महसुल समर्थन गरी भुक्तानी गर्ने प्रतिबद्धता प्राप्त भएपनि केही स्थानीय तहले महसुल नतिरेको हुँदा सो चेतावनी दिएको हो।

३ हप्ता अगाडि

प्रतिक्रिया