चिनियाँ कम्पनीले बनायो २ हजार किमी रेन्ज दिने ब्याट्री

३ हप्ता अगाडि

काठमाडौं - चीनको स्टार्टअप कम्पनी ट्यालेन्ट न्यू इनर्जीले अल्ट्रा हाई इनर्जी डेन्सीटी  २ हजार किलोमिटर चार्ज दिने शोलिड स्टेट ब्याट्री तयार गरेको छ ।   

ट्यालेन्टले विश्वको पहिलो अटोमोटीभ ग्रेड ‘अल शोलीड स्टेट लिथियम मेटल ब्याट्री’को प्रोटोटाइप तयार भएको दावी गरेको छ । उक्त ब्याट्रीको सिंगल सेलमा १२० एम्पीयर आवर क्षमता छ । ब्याट्रीको रियर वर्ल्ड इनर्जी डेन्सीटी ७२० वाटआवर प्रतिकेजी रहेको कम्पनीले घोषणा गरेको हो । यो घोषणासँगै लिथियम ब्याट्रीको सिंगल सेलमा सबैभन्दा धेरै इनर्जी डेन्सीटीको रेकर्ड बनेको छ । उदाहरणको लागि हालै नियोले प्रयोग गरेको बेजिङ वीलायन न्यू इनर्जी टेक्नलोजीको १०५ किलोवाट आवरको सेमी शोलिड स्टेट ब्याट्रीको क्यापासीटी ३६० वाटआवर प्रतिकेजी मात्र रहेको छ ।


नियोका अनुसार उक्त ब्याट्रीप्याकले एक पटकको फुल चार्जमा १ हजार किलोमिटरसम्म रेन्ज दिन्छ । वीलायनको सेमी शोलिड स्टेट ब्याट्रीको तुलनामा ट्यालेन्टको अल शोलीड स्टेट ब्याट्रीको इनर्जी डेन्सीटी दुई गुणा धेरै छ । त्यसैले नयाँ ब्याट्रीले एक पटकको चार्जमा २ हजार किलोमिटरसम्म रेन्ज दिनेछ ।ट्यालेन्टले अल शोलीड स्टेट लिथियम ब्याट्रीमा धेरै वटा नयाँ इनोभेसन गरेको छ । उक्त ब्याट्रीको लागि अल्ट्राथीन डेन्स कम्पोजीट अक्साइड शोलिड स्टेट इलेक्ट्रोलाइट, हाइ क्यापासीटीको क्याथोर र एनोड मेटेरियल र इन्ट्रीग्रेटेड शोलिड स्टेट ब्याट्री मोल्डीङ प्रोशेसको विकास गरेको बताएको छ ।सन् २०१८ मा स्थापना भएको ट्यालेन्टले शोलिड स्टेट लिथियम ब्याट्री र त्यसमा लाग्ने मेटेरियल टेक्नलोजी विकासमा निरन्तर काम गरिरहेको छ । सन् २०२२ को मार्चमा कम्पनीले चीनको रियल स्टेट डेभ्लपर कम्पनी कन्ट्री गार्डेनबाट लगानी प्राप्त गरेको थियो । कम्पनीले यसअघि बनाएको फस्ट जेनेरेशन सेमी शोलिड स्टेट ब्याट्रीको इनर्जी डेन्सीटी ४०० वाटआवर प्रतिकिलोग्राम रहेको थियो ।

३ हप्ता अगाडि

प्रतिक्रिया