सामसङको नाफामा वृद्दि

३ हप्ता अगाडि

काठमाडौँ - कम्पनीका अनुसार वर्ष सन् २०२४ को पहिलो त्रैमासमा सन् २०२३ को तुलनामा उल्लेख्यरुपमा नाफा बढेको छ  ।

 सन् २०२३ को व्यापारको तुलनामा ‘रिकभरी’ गर्ने आशा देखिएको हो । यो वर्षको जनवरीदेखि मार्चसम्मको अवधिमा कोरियाली प्रविधि कम्पनी सामसङको नाफा ४.९ बिलियन अमेरिकी डलरले बढेको छ । यो अघिल्लो पटकको भन्दा अत्याधिक बढी हो । यसअघि, कम्पनीले पहिलो त्रैमासमा ५.४ ट्रिलियन वनको नाफा अनुमान गरेको थियो । जबकी ६.६ ट्रिलियन वन कमाई भएको छ ।

यतिबेला सामसङ विश्वकै सबैभन्दा ठूलो चिप उत्पादक हो । कम्पनीको व्यापार कम्तिमा ११ प्रतिशतले बढेको छ । जुन, ७१ ट्रिलियन कोरियाली वन हो । यसबाहेक थप जानकारी भने कम्पनीबाट आएको छैन । कम्पनीले पहिलो त्रैमासको कमाईबारे विस्तृत जानकारी अप्रिल महिनाभरीमा दिने अनुमान गरिएको छ ।अघिल्लो वर्ष बजारमा आएको अप्रत्यासित मागको गिरावट लगायतका कारण कम्पनीको व्यापार उत्कृष्ट थिएन । तर यो वर्षको सुरुवातसँगै कम्पनीले विश्वव्यापीरुपमा एआई टूलसहितको नयाँ स्मार्टफोन सार्वजनिक गर्यो । जसले यतिबेला कम्पनीको व्यापार बढ्दो क्रममा छ ।
 

३ हप्ता अगाडि

प्रतिक्रिया