मलेसियाले दियो नेपाललाई १४४ रनको लक्ष्य

२ हप्ता अगाडि

काठमाडौँ - एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले मलेसियासँग १ सय ४४ रनको लक्ष्य प्राप्त गरेको छ। 

ओमानको मस्कटस्थित अमेरत क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ४३ रन बनायो। मलेसियाको मध्यम स्कोरमा ओपनर भिरेन्द्रदिप सिंहले ५७ बलमा ७२ रनको अविजित इनिङ खेल्दा मुहम्मद अमिर अजीमले १६ रन तथा सर्भिन मुनियान्दीले ४१ रन बनाए। त्यस्तै, सायद अजिजले ६ तथा नजमुस सकिबले ३ रन बनाए।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ विकेट लिँदा अभिनाश बोहराले १ विकेट लिएका थिए। समूह ‘ए’मा हङकङ, मलेसिया, नेपाल, कतार र साउदी अरेबिया रहेका छन्। त्यस्तै, समूह ‘बी’मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र युएई रहेका छन्। गत संस्करण एकदिवसीय फर्म्याटमा आयोजना भएको प्रतियोगितामा नेपालले यूएईलाई फाइनलमा पराजित गर्दै एसिया कपमा स्थान पक्का गरेको थियो।
 

२ हप्ता अगाडि

प्रतिक्रिया