नविन शैलीको अनावरणस् भिभो भी ३० लाईट

३ हप्ता अगाडि

काठमाडौँ - भिभोले नयाँ वर्षको उपलक्ष्यमा यहीं आउदो वैशाख १ गते आफ्नो नयाँ स्मार्टफोन भिभो भी ३० लाईट सार्वजनिक गर्दै छ । 

स्टाईल, कार्यक्षमता र कार्यसम्पादनको उत्तम मिश्रण भिभो भी ३० लाईटमा भिभोले आफ्नो सिग्नेचर कलर चेन्जिङ्ग डिजाईनको साथसाथै ८० वाटको फास्ट चार्गिङ, ५० मेगापिक्सेलको हाईरिजोल्युसन क्यामेरा र १२० हर्जको एमोलेड डिस्प्ले पनि प्रदान गरेको छ । जसले भिभो भी ३० लाईटलाई एउटा फोन मात्र नभई नेपाली स्मार्टफोन अनुभवलाई परिभाषित गर्ने तत्वको रुपमा हेरिएको छ । डुअल स्टेरियो स्पिकर सेटअपको साथमा इमर्सिभ १२० हर्जको एमोलेड डिस्प्ले रहेको यस फोनले अविश्वसनीय स्पष्टताका साथ दृश्यहरू र इमर्सिभ ध्वनि गुणस्तर प्रदान गर्दछ, जसले हरेक चलचित्र, संगीत ट्र्याक, वा खेललाई पहिले कहिल्यै नभएको जस्तो जीवन्त बनाउँछ ।

साथै, यसको अप्टिकल इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सरको साथ, तपाईंले सुविधा र सुरक्षा सुनिश्चित गर्दै, केवल आफ्नो औंलाको स्पर्शले फोन अनलक गर्नसक्नुहुन्छ । स्लीक र हल्का वजन भएको यो फोनलाई मेटालिक हाईग्लस फ्रेमले प्रिमियम फिनिश प्रदान गर्दछ । चाहे तपाईं ड्रीमी ब्रीज ग्रीन रोज्नुस् या क्लासिक क्रिस्टल ब्ल्याक यसको अद्वितीय सौन्दर्यताले  तपाईंलाई मोहित पार्दछ । क्रिस्टल ब्ल्याकमा, भी ३० लाईट केवल यसको ७।७९ मिलिमिटर थिक्नेश र १८९ ग्राम वजन मापनको साथ अल्ट्रास्लीक प्रोफाइलमा चम्कन्छ, भने ब्रीज ग्रीन एडिसनले भिभोको सिग्नेचर कलर चेन्जिङ्ग डिजाईन फिचर गर्दछ , जस्को ब्याक प्यानल सुर्यको प्रकाश साथसाथै यू भि रेजको सम्पर्कमा गहिरो हरियोमा रूपान्तरण हुँदै तपाईंको स्टाईलमा जादूको स्पर्श थप्दछ ।

भिभो भी ३० लाईटमा लूक मात्र नभई यस्को ५० मेगापिक्सेल क्यामेरा र फ्लिकर फ्रि सेन्सरको साथ तपाईंले चुनौतीपूर्ण प्रकाशात्मक स्थितिमा पनि आकर्षक तस्बिरहरू र फ्लिकर फ्रि भिडियोहरू खिच्न सक्नुहुन्छ । ८+८ जीबीको एक्सटेन्डेड ¥याम र २५६ जीबीको ठूलो भण्डारण क्षमता रहेकोे यस फोनले तपाईंको सबै फोटो र भिडियोहरूको लागि पर्याप्त ठाउँ प्रदान गर्दछ भने स्नैपड्रैगन ६८५ चिपसेटले तपाईंको प्रतिदिनका कामहरूलाई सहजतासाथ निर्वाह गर्दछ ।

भिभो भी ३० लाईटमा थप, ठूलो ५००० एम ए एच ब्याट्री रहेको छ जसमा ८० वाटको फ्ल्यास चार्जको साथ – मात्र ३० मिनेटमा तपाईंलाई ८०% पुनर्जीवित गर्दछ र भिभोको अभिनव ब्याट्री स्वास्थ्य सुविधाबाट, तपाईंले ब्याट्रीको दीर्घायु लागि ४ वर्षसम्मको एन्टी–एजिंग ग्यारान्टीको सुनिश्चिता पाउनुुहुन्छ । भी ३० को अपार सफलता पछी, भिभो भी ३० लाईटले पनि आफ्नो नवीनता र उत्कृष्टताको विरासतलाई जारी राख्दै, ३३,९९९ रुपैयाँको अफर्डेबल मूल्यमा उपभोक्ताहरूलाई उन्नत सुविधाहरू प्रस्तुत गर्दछ । यो वैशाख २ देखि सबै भिभोको अधिकृत रिटेल स्टोर र दराज अनलाइनमा उपलब्ध हुनेछ । नयाँ वर्षको विशेष अवसरको रुपमा भिभोले पहिलो २००० ग्राहकहरुका लागी फ्री क्लिपबड्सको पनि व्यवस्ता गरेको छ, जस्ले भिभो भी ३० लाईटलाई अझै आकर्षित बनाएको छ ।
 

३ हप्ता अगाडि

प्रतिक्रिया