रारामा ४९ किलोमिटर अल्ट्रा म्याराथन दौड शुरु

२ हप्ता अगाडि


काठमाडौँ – रारा ४९ किलोमिटर अल्ट्रा म्याराथन दौड प्रतियोगिताको पाँचौ सस्करण शुरु भएको छ । 

आयोजक कर्णाली स्पोर्ट क्लवका अध्यक्ष सरोज शाहीका अनुसार जुम्लाबाट रारा सम्मको यो दौडमा ५७ जना खेलाडीले भाग लिएका छन् । जसमा १५ जना महिला धावक र ४ जना विदेशी धावक सहभागी भएका छन् । यूवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सांसद विनिता कठायत र विश्व किर्तीमानी अल्ट्रा धावक हरिबहादुर रोकायाले प्रतियोगिताको उद्घाटन गरे । मन्त्री श्रेष्ठले जुम्लाको पातारासी गाउँपालिका लोटचौरमा शुरु भएका हाई अल्टिच्यूट ट्रेनिङ सेन्टरका लागि आउँदो वर्ष १० करोड रुपैयाँ बजेट विनियोजन गर्ने प्रतिवद्धता  जनाए । 

२ हप्ता अगाडि

प्रतिक्रिया