कतारविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

२ हप्ता अगाडि

काठमाडौँ - ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले शनिबार कतारको सामना गर्दै छ । 

नेपालले खेलमा पहिले ब्याटिङ गर्ने भएको छ। खेल नेपाली समयअनुसार, अपरान्ह ४ः१५ बजे सुरु हुनेछ । प्रिमियर कपको दोस्रो संस्करणमा नेपालको यो दोस्रो खेल हो ।जारी प्रतियोगितामा नेपाली टोली लगातार दोस्रो जितको खोजीमा छ । यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो । 
 

२ हप्ता अगाडि

प्रतिक्रिया