नेपालको लगातार तेस्रो जित, हङ्कङलाई ८ विकेटले हरायो

२ हप्ता अगाडि

काठमाडौँ - ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ ।

नेपालले सोमबार सम्पन्न आफ्नो तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले पराजित गरेको हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १७.५ ओभरमा लआउट हुनुअघि एक सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १२.२ ओभरमा केवल दुई विकेट गुमाएर एक सय १७ रन बनाउँदै विजयलक्ष्य पार ग¥यो । वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले खेल १८–१८ ओभरमा झारिएको थियो ।

एसीसी प्रिमियर कपको दोस्रो संस्करणमा नेपालले हात पारेको यो लगातार तेस्रो जित हो । यसअघि नेपाली टोलीले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । नेपाली टोली ६ अंकसहित समूह ‘ए’ तालिकाको पहिलो स्थानमा आसिन छ । अंक तालिकामा दुई खेल खेलेको साउदी अरेबिया दुई अंकसहित दोस्रो, समान खेल खेलेको मलेसिया दुई अंकसहित तेस्रो, तीन खेल खेलेको हङ्कङ दुई अंकसहित चौथो र दुई खेल खेलेर अंक जोड्न नसकेको कतार पाँचौँ स्थानमा छन् ।
 

२ हप्ता अगाडि

प्रतिक्रिया