अमेरिकी डलर हालसम्मकै महँगो. नेपालकाे रूपैयाँ किन भइरहेकाे छ सस्ताे ?

मंगलबार, ०४ बैशाख २०८१, ०९ : १६

एजेन्सी- न्असमेरिकी डलर हालसम्मकै महँगो भएको छ। मंगलबार १३३ रुपैयाँ ८३ रुपैयाँ पुगेर डलरको भाउले नयाँ रेकर्ड बनाएको हो।

यसअघि गत चैत २३ गते अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ८१ पैसा सम्म पुगेको थियो। मंगलबार सो रेकर्डलाई तोड्दै डलरको भाउले नयाँ रेकर्ड बनाएको हो। अब एक अमेरिकी डलर साट्न १३३ रुपैयाँ ८३ पैसा खर्च गर्नुपर्ने भएको छ। सोमबार डलरको भाउ १३३ रुपैयाँ ७७ पैसा थियो। बिहीबार ६ पैसाले भाउ बढेको हो।डरलकाे भाउ बढ्दा नेपाली रूपैयाँ कमजाेर बनेकाे छ यसले  आयतलाइ  झनै महँगो बनाउन सक्ने अनुमान गरिन्छ ।

 

मंगलबार, ०४ बैशाख २०८१, ०९ : १६

प्रतिक्रिया