एसीसी प्रिमियर कप : नेपालले आज साउदी अरेबियासँग सामना गर्ने

१ हप्ता अगाडि

काठमाडाैं - ओमनमा जारी एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ ।

क्त खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुनेछ । प्रतियोगितमा यसअघिका सबै खेल जितेको नेपालले साउदी अरेबियालाई पराजित गर्दै समूह चरणमा शत प्रतिशत नतिजा निकाल्न चाहन्छ ।  एक खेल अगावै नेपाल समूह ए विजेता बनिसकेको छ । साउदी अरेबिया भने नेपाललाई पराजित गर्दै सेमिफाइलन पुग्ने सम्भावना कायमै राख्न चाहन्छ ।

उक्त समूहमा नेपालको ६ अंक छ । सबै खेल खेलेको कतारको ४ अंक रहँदा एक खेल खेल्न बाकी साउदी अरेबिया, मलेसिया र हङकङको दुईदुई अंक छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो ।

१ हप्ता अगाडि

प्रतिक्रिया