युरोपियन च्याम्पियन्स लिग बार्यन म्युनिखले सेमिफाइनल प्रवेश,रियल म्याड्रिड फाइनल प्रतिस्पर्धा

१ हप्ता अगाडि

एजन्सी - युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्यन म्युनिखले सेमिफाइनलमा स्थान बनाएको छ। बुधबार राति भएको दोस्रो लेगमा इंग्लिस क्लब आर्सनललाई १० ले पराजित गर्दै समग्रमा ३-२ को जितसहित अन्तिम चारमा स्थान बनायो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा जोसुआ किम्मिचको गोलमार्फत् बार्यनले ६३ औं मिनेटमा बनाएको अग्रता नै सेमिफाइनलका लागि निर्णायक बन्यो। योसँगै च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पूरा भएको छ। यसअघि पहिलो लेगमा दुबै टिमले २\२ गोलको बराबरी खेलेका थिए। च्याम्पियन्स लिगको सेमिफाइनलमा अब बौउरुसिया डर्टमुन्ड र पिएसजी तथा वार्यन म्युनिख र रियल म्याड्रिड फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्।

१ हप्ता अगाडि

प्रतिक्रिया