नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य

१ हप्ता अगाडि

काठमाडौँ - ओमानमा जारी एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा शुक्रबार नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई जितका लागि एक सय २० रनको लक्ष्य दिएको छ । 

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १९ रन बनाएको हो । नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पाली खेले । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले ४० बलको सामना गरी दुई छक्का र चार चौका हिर्काए । गुलसन झाले पनि २० रन बनाए । उनले १६ बलमा एक छक्का र एक चौका प्रहार गरे । करण केसीले टोलीको खातामा १७ रन थपे । उनले १२ बलमा दुई छक्का प्रहार गरे । नेपालका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालले अतिरिक्त रुपमा ६ रन पायो । यूएईका बलर जुनैद सिद्दकी, अली नासिर र बासिल हमिदले दुई-दुई विकेट लिए ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया