सस्तीयो डलरको भाउ

१ हप्ता अगाडि

काठमाडाैं- मंगलबार डलरको भाउ घटेको छ । यसअघि एकको खरिदमा १३३ रुपैयाँ २६ पैसा र बिक्रीमा १३३ रुपैयाँ ८६ पैसा तोकिएको अमेरिकी डलरको भाउ घटेर आज खरिदमा १३३ रुपैयाँ ०९ पैसा र बिक्रीमा १३३ रुपैयाँ ६९ पैसा कायम भएको छ ।  यसैगरी, युरोपियन युरोसमेत सस्तिएको छ । यसअघि एकको खरिद मूल्य १४२ रुपैयाँ र बिक्री मूल्य १४२ रुपैयाँ ६३ पैसा रहेको युरोपियन युरो आज घटेर खरिदमा १४१ रुपैयाँ ५७ पैसा र बिक्रीमा १४२ रुपैयाँ २१ पैसामा झरेको छ ।

यता, अष्ट्रेलियन डलरको भाउ भने बढेर एकको खरिदमा ८५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ८६ रुपैयाँ ०३ पैसा तोकिएको छ । यसअघि अष्ट्रेलियन डलर एकको खरिदमा ८५ रुपैयाँ ५३ पैसा र बिक्रीमा ८५ रुपैयाँ ९१ पैसा तोकिएको थियो।  त्यस्तै, जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ६० पैसा र बिक्री मूल्य ८ रुपैयाँ ६४ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ४८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६४ पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया