भलिबल खेल्न जादैँ गरेका खेलाडी तथा प्रशिक्षक टोलीको बिदाई

बुधबार, १२ बैशाख २०८१, १३ : ०१

काठमाडौं- बंगलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन जाने नेपाली खेलाडी तथा प्रशिक्षक टोलीको बिदाई भएको छ ।

ढाकामा हुन गइरहेको आमन्त्रित अन्तराष्ट्रिय भलिबल यू–१९ प्रतियोगितामा सहभागी हुने टोली त्यसतर्फ प्रस्थान गरेको हो ।समुहमा खेलाडी तर्फ शुरेस मल्ल, यज्ञराज जोशी, अबिशेक थापा, पुस्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा, इज्जत दनै, शसि पुलामी मगर र भुवन तामाङ्ग रहेका छन् । त्यसैगरि टिम व्यवस्थापनमा उत्सव खड्का प्रशिक्षक, जनक बहादुर खड्का सहायक प्रशिक्षक र दीपक थापा म्यानेजर रहेका छन् ।

नेपालभरबाट छनोट भएकाले खेलाडीहरुलाई कुनैपनि सरकारी निकायको सहयोग विनानै आर्थिक व्यवस्थापन गरेर बंगलादेश पठाइएको जिल्ला खेलकुद विकाश समिति भक्तपुरका निर्वतमान अध्यक्ष दिपक थापाले बताए ।

बुधबार, १२ बैशाख २०८१, १३ : ०१

प्रतिक्रिया