भुवन शीर्षस्थानमा‌ कायमै, दिनेशमाथि ६ स्ट्रोकको अग्रता

१ हप्ता अगाडि

काठमाडौं - सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन समग्रमा ७-अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता बनाएका छन। आज भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पारेका हुन। 

दोस्रो दिनका संयुक्त लिडर दिनेशले आज १-ओभर ६९ मा खेल सकाए। समग्रमा १-अन्डर २ सय ३ सहित दोस्रो स्थानमा तल झरे। तोरण विक्रम शाही र निरज तामाङ समग्रमा इभन-पार २ सय ७ सहित संयुक्तरुपमा तेस्रो स्थानमा छन। तोरणले दिनकै उत्कृष्ट ७-अन्डर ६१ को स्कोर दर्ज गरे। निरजले १-अन्डर ६७ मा तेस्रो दिनको खेल सकाए। समग्रमा २-ओभर २ सय ६ सहित धन बहादुर थापा र सञ्जय लामा संयुक्तरुपमा पाँचौ स्थानमा छन। धनले २-अन्डर ६६ र सञ्जयले इभन-पार ६८ मा खेल सकाए। यस्तै समग्रमा ३-ओभर २ सय ७ सहित सुबाश तामाङ, जयराम श्रेष्ठ र रवि खड्काले संयुक्तरुपमा सातौं स्थान बाँडे। सुबाशले इभन-पार ६८, जयरामले १-ओभर ६९ र रविले ३-ओभर ७१ मा खेल सकाए।

एमेच्योरतर्फ सदभाव आचार्य समग्रमा ६-ओभर २ सय १० को स्कोरमा शीर्षस्थानमा उक्लिए। आज उनले ३-ओभर ७१ खेल्दै टासी छिरिङलाई ५ स्ट्रोकले पछि पारे। टासीले आज ९-ओभर ७७ को प्रदर्शन गर्दा समग्रमा ११-ओभर २ सय १५ सहित दोस्रो स्थानमा तल झरे। राहुल विश्वकर्मा समग्रमा २३-ओभर २ सय २७ सहित तेस्रो स्थानमा छन। उनले आज ७-ओभर ७५ को स्कोर खडा गरे। भुवनले उत्कृष्ट सुरूवात गरे। पहिलो, दोस्रो, पाँचौ र छैटौं होलमा बर्डी प्रहार गरे भने ५पारको चौथो होलमा इगलको सफलता प्राप्त गरे। फ्रन्ट नाइन ६-अन्डर २८ मा सकाए। तर ब्याक नाइन भने १-ओभर ३५ मा पुरा गर्न बाध्य भए। ११औं र १७औं होलमा बोगी प्रहार गरे भने ४-पारको १६औं होलमा डबल बोगीको सामना गरे। उनले १२औं, १४औं र १८औं होलमा एक-एक सट बचाए।

दिनेशले दोस्रो होलको बर्डी विरूद्ध पहिलो र पाँचौं होलको बोगीले फ्रन्ट नाइन १-ओभर ३५ मा सकाए। यसपछि १०औं, १३औं र १४औं होलमा एक-एक सट बचाए। तर ११औं‌ होलमा ट्रीपल बोगीको सामना गर्दा ब्याक नाइन इभन-पार ३४ मा पुरा गरे।दिनको उत्कृष्ट स्कोर कार्ड बनाएका तोरणले बोगी रहित ६१ खेले। दोस्रो, चौथो, पाँचौ र आठौं होलमा चार बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४-अन्डर ३० को उत्कृष्ट स्कोर गरे। यसपछि १०औं, ११औं र १७औं होलको बर्डीले ब्याक नाइन ३-अन्डर ३१ मा सकाए।

निरजले पाँचौं र आठौं होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। यसपछि उनले ११औं, १३औं र १५औ होलमा बर्डी प्रहार गरे। तर १०औं, १२औं, १६औं र १८औं होलमा एक-एक सट खेर फाले। ब्याक नाइन १-ओभर ३५ मा सकाए।चार दिने प्रतियोगितामा कुल पुरस्कार राशी ७ लाख ३ हजार ५ सय रहेको छ। विजेताले १ लाख २० हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ८२ हजार र ६६ हजार प्राप्त गर्नेछन। यसैगरी चौथो हुनेले ५५ हजार र पाँचौ हुने खेलाडीले ४३ हजार नगद हात पार्नेछन। टप २१ मा पर्ने प्रोफेसनल खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्ने छन्। 


 

१ हप्ता अगाडि

प्रतिक्रिया