नेपाल र  वेस्टइन्डिजको ए टोलीबीच टी–२० सिरिज आजदेखि सुरु

१ हप्ता अगाडि

काठमाडाैं - नेपाल र टेस्ट टोली वेस्टइन्डिजको ए टोलीबीच हुने पाँच म्याचको टी–२० सिरिज आजदेखि सुरु हुँदैछ । सिरिजको पहिलो खेल आज शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सवा १२ बजेदेखि सुरु हुनेछ । नेपाली टोली नियमित कप्तान रोहित पोडेलको कप्तानीमा खेल्नेछ । वेस्टइन्डिज एसँग खेल्न २० सदस्यीय टोली घोषणा भएको छ ।

१६ जनाको टोलीमा शुक्रबारमात्रै क्यानले तीव्र गतिका कमलसिंह ऐरी, स्पिनर सागर ढकाल,  युवा ब्याटर लोकेश बम र विकेटकिपर विनोद भण्डारीलाई टोलीमा थपेको हो । बिहीबार घोषित १६ सदस्य टोलीमा एसीसी प्रिमियर कप खेलेको टोलीमा आकाश चन्द र आरिफ शेखलाई मात्र थपिएको थियो ।

अब २० जनाबाट आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा गएर टी–२० विश्वकप खेल्ने नेपाली टोलीको टुंगो लाग्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले टी २० विश्वकपका लागि खेलाडीको नाम दर्ता गर्ने अन्तिम दिन १ मेलाई तोकेको छ । त्यो डेडलाइन अघि नेपालले वेष्टइन्डिज एविरुद्ध आज शनिबार र आइतबार दुई खेल खेल्नेछ । त्यसैले सुरुवाती दुई खेलमा प्रमुख खेलाडीलाई विश्राम दिएर अरुलाई अवसर दिने सम्भावना छ ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया