नेपाललाई वेस्टइन्डिज ‘ए’ले दियो १६१ रनको लक्ष्य

२ हप्ता अगाडि

काठमाडौँ - नेपाललाई वेस्टइन्डिज ‘ए’ले दोस्रो टी२० खेलमा  १६१ रनको लक्ष्य दिएको छ। 

टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पाहुना टोलीका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए। गुडाकेश मोती ३३ रनमा नटआउट रहे। कप्तान रोस्टन चेजले २३ रनको योगदान दिए। नेपालका सागर ढकाल र कुशल भुर्तेलले २–२ तथा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान १–१ विकेट लिए।

२ हप्ता अगाडि

प्रतिक्रिया