नेपालमा व्यवसाय बढाउँदै कोका-कोला

२ हप्ता अगाडि

काठमाडौँ - कोका-कोला इन्डिया एन्ड साउथ वेस्ट एसिया उपाध्यक्ष देवयानी राज्यलक्ष्मी राणाले पछिल्ला केही वर्षमा कम्पनीले ८० मिलियन डलर लगानी गरेको बताएकी छिन् । 

लगानी सम्मेलनमा सम्बोधन गर्दै राणाले नेपालमा थप लगानी बढाउँदै लैजाने बताएकी हुन्। कोका-कोला नेपालमा ५० वर्ष पूरा गरी ५१ वर्षमा प्रवेश गरेको छ। सन् १९७३ मा कम्पनी नेपाल आएको थियो । एउटा काठमाडौं र अर्को भरतपुरमा गरी नेपालमा कम्पनीका २ वटा बोटलिङ प्लान्ट छन्। राणाका अनुसार यसका २४० वितरक छन्। कम्पनीले नेपालमा करिब ६ हजार बढी प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी सिर्जना गरिएको उनको भनाइ छ। 

२ हप्ता अगाडि

प्रतिक्रिया