अब फुडमान्डु शाखा चितवनमा पनि

२ हप्ता अगाडि

काठमाडौँ - काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुर र पोखराबाट सेवा दिदैँ आएको अनलाइन फुड डेलिभरी कम्पनी फुडमान्डुले आफ्नो शाखा चितवनमा पनि विस्तार गरेको छ । कम्पनीले हालै पत्रकार सम्मेलन गरी चितवनमा शाखा विस्तार गरेको जनाएको हो। 

‘फुडमान्डु अब चितवनमा पनि विस्तार भएको घोषणा गर्न पाउँदा हामी धेरै हर्षित छौँ ।’कम्पनीका ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भने, ‘चितवनमा रहेका प्रख्यात रेस्टुरेन्टहरुका खानेकुराहरू घर, अफिस वा ग्राहकले चाहेको ठाउँमा नै अनलाइनमार्फत डेलिभर गर्न हामी उत्साहित छौँ ।’ कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले फुडमान्डुलाई नेपालका मुख्य सहरहरुमा क्रमशः फैलाउने योजना रहेको बताए। 

स्थापना भएको १३ वर्ष पुगेको नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमान्डुले काठमाडौँ र पोखरामा पाएको सफलता चितवनमा पनि पाउनेमा ढुक्क रहेको बताएको छ।फुडमान्डुले आफैँ खाना बनाउँदैन, रेस्टुरेन्टहरुमा पाइने खानालाई उपभोक्ताको घरदैलोसम्म ल्याइदिने काम गर्दछ। ग्राहकले मोबाइल एप, वेबसाइट र फोनमार्फत खाना अर्डर गर्न सक्छन्। फुडमान्डुसँग अहिले १,००० भन्दा बढी रेस्टुरेन्टहरु आबद्ध छन् । चितवनमा सेवा विस्तार गर्ने क्रममा कम्पनीले बैशाख ३१ सम्म हरेक अर्डरमा ‘FOODSAFARI’ कोड प्रयोग गर्दा ३०५ (रु.५०० सम्म) छुट पाउने घोषणा गरेको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया