अन्तर्राष्ट्रिय यू–१९ भलिबल :नेपाल फाइनलमा प्रवेश

२ हप्ता अगाडि

काठमाडौँ- बंगलादेशमा भइरहेको आमन्त्रित अन्तर्राष्ट्रिय यू–१९ भलिबल प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेलमा नेपाली टिम फाइनल प्रवेश गरेको छ।

आइतबार भएको खेलमा बंगलादेशको (बी) टिमलाई ३–० को सोझो सेटमा (२५–१६, २५–२१, २५–२१) पराजित गर्दै नेपाली टोली फाइनल प्रवेश गरेको हो। राजधानी ढाकामा जारी प्रतियोगितामा नेपाली टोलीले यसअघि माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो।

नेपाली टोलीमा खेलाडीतर्फ इज्जत दनै, सुरेश मल्ल, यज्ञराज जोशी, अबिशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहरा, शशि पुलामी मगर र भुवन तामाङ रहेका छन्। त्यसैगरि टिम व्यवस्थापनमा उत्सव खड्का प्रशिक्षक, जनक बहादुर खड्का सहायक प्रशिक्षक र दीपक थापा म्यानेजर रहेका छन्। प्रतियोगितामा पठाउन सरकारले कुनै पनि सहयोग नगरेपछि व्यक्तिगत सहयोगमा नै नेपालभरबाट छनोट भएका खेलाडीहरूलाई बङ्गलादेश पठाइएको जिल्ला खेलकुद विकास समिति भक्तपुरका निर्वतमान अध्यक्ष दीपक थापाले बताए।
 

२ हप्ता अगाडि

प्रतिक्रिया