नेपालले तेस्रो खेल आज वेस्टइन्डिज ए सँग खेल्दै

२ हप्ता अगाडि

काठमाडाै -घरेलु टोली नेपालले पाँच टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ स् १५  बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । खेलको सिरिजमा सुरुआती २ खेल सकिँदा १–१ को बराबरीमा छ ।

पहिलो खेलमा नेपाल ४ विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रनले पराजित भएको थियो । नेपालले पहिलो खेलमा २०५ रनको लक्ष्य पूरा गर्दा दोस्रो खेलमा १६१ रन भेट्याउन सकेको थिएन । पहिलो खेलमा नेपालका रोहित पौडेलले ११२ र दोस्रो खेलमा ७१ रन बनाएका थिए । रोहितबाहेक अन्य ब्याटर भने चल्न सकेका थिएनन् । आजको खेलको प्रदर्शनको आधारमा नेपालले केही खेलाडी टी २० विश्वकपमा छनोट गर्न सक्छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया