सुपर खुदी हाइड्रोको शेयर नागरिक लगानी कोषले प्रत्याभूति गर्ने

२ हप्ता अगाडि

काठमाडौँ- नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौत आज भएको हो ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गर्नुभएको हो । सुपर खुदीको प्रतिकित्ता रु एक सय अङ्कित ७५ लाख ९५ हजार कित्ता बराबर हुन आउने रु ७५ करोड ९५ लाखको शेयर कोषले प्रत्याभूति गर्ने छ ।

सम्झौता कार्यक्रममा कोषका कामु नायब कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र हाइड्रोपावरका उच्च व्यवस्थापक सहभागी हुनुहुन्थ्यो । यसभन्दा अघि पनि कोषले विभिन्न कम्पनीको शेयर प्रत्याभूति गर्दै आएको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया