नेपाललाई २१० रनको लक्ष्य

२ हप्ता अगाडि

काठमाडौँ - वेस्ट इन्डिज ‘ए’ले चौथो टी-२० खेलमा घरेलु टोली नेपालसामु जितका लागि २ सय १० रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ३ वकेटको क्षतिमा २ सय ९ रनको योगफल तयार पारेको हो ।

वेस्ट इन्डिज ‘ए’का लागि आन्द्रे फ्लेचर ८४ र फबियन एलियन ३३ रनमा नटआउट रहे। फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । जोनसन चार्ल्स ५८ रन बनाउँदा क्याच आउट भए। ३० बलमा ३ चौका र ६ छक्का हानेका जोनसन कुशल भुर्तेलको बलमा दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट भए । केसी कार्टी ४ रन बनाउँदा कुशल भुर्तेलकै बलमा ४ रन बनाउँदा रोहित पौडेलको हातबाट क्याच आउट भए।  ओपनर एलिक अथानाज ५ रन बनाउँदा प्रतिश जिसीको बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए । 

२ हप्ता अगाडि

प्रतिक्रिया