वेस्ट इन्डिज ‘ए’ ले जित्यो श्रृंखला

२ हप्ता अगाडि

काठमाडौं - नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिज एले काठमाडौंमा जारी पाँच खेलको टी–२० श्रृंखला जितेको छ । आज टीयू क्रिकेट मेदानमा नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिज ए ले एक खेल अगावै श्रृंखला जितेको हो ।

आज दुई सय १० रनको विजय लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरभन्दा १ बल अगावै १८१ रनमा अल आउट भयो ।नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८२ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले सामान १९–१९ रन बनाए ।

 

२ हप्ता अगाडि

प्रतिक्रिया