पाल्पा सिमेन्टको शेयर नागरिक लगानी कोषले प्रत्याभूति गर्ने

शुक्रबार, २१ बैशाख २०८१, ०८ : ०६

काठमाडौँ- नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति गर्ने भएको छ ।

शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।

पाल्पा सिमेन्टकोप्रति कित्ता रु एक सय अङ्कित ७५ लाख कित्ता बराबर हुन आउने रु ७५ करोडको शेयर कोषले प्रत्याभूति गर्नेछ । सम्झौता कार्यक्रममा कोषका कामु नायब कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र सिमेन्ट इण्डस्ट्रिजका उच्च व्यवस्थापक सहभागी थिए । यो भन्दा अघि पनि कोषले विभिन्न कम्पनीको शेयर प्रत्याभूति गर्दै आएको छ ।

शुक्रबार, २१ बैशाख २०८१, ०८ : ०६

प्रतिक्रिया