काठमाडौँ - गुणस्तरीय सामान, उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवालाई आफ्नो मुलमन्त्र बनाई विगत ३० बर्ष देखि चेन डिपार्टमेण्टल स्टोरका रुपमा संचालित सेलवेज गुर्प अन्तगर्त रही सेलवेज क्यास एण्ड क्यारी प्रा.लि. विगत १० वर्ष देखि सेल्सवेरी व्राण्डमा हाल ३२ वटा शाखा मार्फत आफ्नो व्यापार, व्यवसाय संचालन गर्दै आइरहेको छ ।
२०२६ सम्म १०० वटा शाखा विस्तार गरी २,००० जनशक्तिलाई प्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्य लिएको यस सेल्सवेरीले आफनो व्यवसाय संग संगै सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा विभिन्न क्रियाकलापहरु गरेका छ । यसै क्रममा यस सेल्सवेरीले महाराजगंज, काठमाडौंमा अन्तराष्ट्रिय स्तरको अत्याधुनिक भवनमा बैशाख २१ देखि महाराजगंज सुरुवात गर्न गई रहेको छ । उक्त अत्याधुनिक भवन मार्फत ग्राहकवर्गहरुको लागि अन्तराष्ट्रिय स्तरको सेवा प्रदान गरि एक बेग्लै खालको किनमेलको आनन्द दिने कम्पनीको विश्वास रहेका छ ।
अत्याधुनिक भवनमा बाल मनोरन्जनका सुविधा, स्पा, ज्याकुजी, स्वीमिंग पुल तथा विविध स्वदेशी, विदेशी खानाहरुको सेवा, सुविधा सहितको विश्व स्तरीय रेष्टुरेण्ट सहित स्वदेशी एवम् अन्तराष्ट्रिय गुणस्तरिय सामानहरु उचित मुल्यमा उपलब्ध गरि ग्राहकवर्गहरुको विश्वास जित्नेमा यस कम्पनी विस्वस्त रहेको छ । उक्त अत्याधुनिक भवनमा ४ तल्ला Basement Parking रहेको छ । भुई तल्ला देखि छैठौं तल्ला सम्म डिपार्टमेण्टल स्टोर संचालन हुने छ । सात र आठ तल्लामा विभिन्न कर्पोरेट अफिसहरु रहनेछ । नवौं, दसौं तथा एघारौ तल्लामा जिम, फिटनेस सेन्टर स्पा तथा स्वदेशी एवम् विदेशी खानाहरुको सेवा, सुविधा सहितको रेष्टुरेण्ट एवम् बार संचालन हुनेछ । बाह्रौ तल्लामा स्वीमिंग पुल, ज्याकुजी, बियर गार्डेन, कफि लाउन्ज तथा Event Centre संचालन हुनेछ । उक्त भवनको तेह्रौं तल्लामा भ्यू टावर रहेको र त्यहां बाट काठमाडौं उपत्यका ३६० डिग्रिमा दृस्यावलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।
उक्त अत्याधुनिक भवनमा सेल्सवेरी व्राण्ड मार्फत चेन डिपार्टमेण्टल स्टोरको रुपमा संचालनमा आउंदा स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि समेत उत्कृष्ट शपिंग डेस्टीनेशन हुने विश्वास कम्पनीले बताएको छ । यसै गरि सेल्सवेरीले आफ्नो अर्को शाखा २१ बैशाषदेखि कालिमाटी, काठमाडौंमा अवस्थित कालिमाटी ट्रेड सेन्टरमा संचालन गर्न गई रहेको छ ।
महाराजगंज, काठमाडौंको सेल्सवेरी टावर तथा कालिमाटी ट्रेड सेन्टरको भव्य सुरुवातको सुखद उपलक्ष्यमा यस कम्पनीले ग्राहक महानुभावहरुको लागि Lucky Draw Scheme ी मार्फत Bumper पुरस्कारको रुपमा MG COMET EV PACE कार तथा प्रथम पुरस्कार वापत Segway Ninebot E100 स्कुटर तथा अन्य आकर्षक पुरस्कारहरु Lucky Draw Scheme मार्फत राख्न लागेको कम्पनी जानकारी दिएको छ । यसै आर्थिक वर्षको अन्त्य सम्ममा काठमाडौं तथा पोखरामा थप ६ वटा शाखाहरु संचालन गर्न गई रहेको एवम् हरेक वर्ष सानो, मध्यम तथा ठुलो स्तरको १०(१५ वटा सम्म शाखा संचालन विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ ।
प्रतिक्रिया