इन्ड्राइभको योरपेस किप फिट सर्किट नेपाल रनिङ कार्यक्रम घोषणा

१ हप्ता अगाडि

काठमाडौँ - इन्ड्राइभको योरपेस किप फिट सर्किट नेपाल -YourPace Keep Fit Circuit Nepal_ शुरु भएको छ । यो तालिम सबै उमेर र क्षमताका व्यक्तिहरूका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजाइन गरिएको हो ।

बैशाख २० गतेदेखि असोज ९ गते सम्म चल्ने यो रनिङ्ग प्रोग्राम नेपालमा हेल्थ एण्ड वेलनेसको संस्कृतिलाई बढावा दिनको लागि इनड्राइभले गर्ने प्रयासको नेपाल एडिसन हो ।कार्यक्रमले प्रमुख आठ स्थानहरूः काठमाडौं (दशरथ रंगशाला, स्वयम्भू), पोखरा, ललितपुर, भक्तपुर, कीर्तिपुर, हेटौंडा र बुटवलका लगभग ४५० सहभागीहरूलाई संलग्न गराउने लक्ष्य राखेको छ । यी स्थानहरूमा प्रशिक्षण सत्रहरू सञ्चालन गरिनेछ र दर्तापछि प्रत्येक सहभागीको लागि तालिका निर्धारित गरिनेछ ।

योरपेस किप फिट सर्किट नेपाल सहभागीहरूमा सकारात्मक सोच र शारीरिक तन्दुरुस्ती प्रवर्द्धन गर्न विशेष गरी बालबालिका र धावकहरूलाई लक्षित गरी डिजाइन गरिएको पहल हो ।यो निःशुल्क तालिम कार्यक्रमले समुदाय भित्र फिटनेस र वेलनेसको संस्कृतिलाई बढावा दिदै सक्रिय र स्वस्थ जीवनशैली अपनाउन मानिसहरुलाई उत्प्रेरित गर्ने लक्ष्य राखेको छ । यो कार्यक्रमले सहभागीहरूलाई दौड प्रशिक्षण र समर्थन प्रदान गरेर  शारीरिक र मानसिक रूपमा आफूलाई विकास गर्न साथै व्यक्तिगत कल्याणको लागि होस् वा खेलकुदमा करियर बनाउनको लागि सशक्त बनाउने प्रयास गर्नेछ ।

“योरपेस किप फिट सर्किट नेपाल“ तालिम सबैका लागि पहुँचयोग्य बनाउन इन्ड्राइभ प्रतिबद्ध छ । यो तालिमले विशेष गरी यस्ता अवसरहरू हासिल गर्नसक्ने अवस्था नरहेका व्यक्तिहरुका लागि समावेशीता र सहभागिता सुनिश्चित गर्दछ । इन्ड्राइभ सबैका लागि समावेशी र पहुँचयोग्य अनुभव प्रदान गर्न समर्पित छ, विशेष गरी बालबालिका र धावकहरूका लागि जोसँग अन्य अवस्थामा त्यस्ता अवसरहरूमा पहुँच नहुन सक्छन् । कार्यक्रमको एक भागको रूपमा सहभागीहरूले ब्रान्डेड टी–शर्ट पनि प्राप्त गर्नेछन् । प्रशिक्षण सकिएपछि इच्छुक सहभागीहरूले १६औं काठमाडौं म्याराथनमा भाग लिने अवसर पाउनेछन् ।

इन्ड्राइभका हेड अफ स्पोर्ट, अन्ना फेडोरचुकले भनिन, “हामी गत वर्षदेखि यो सहकार्य जारी राख्न पाउँदा र यो असाधारण कार्यक्रम पुनः प्रस्ताव गर्न पाउँदा खुसी छौं । हाम्रो लक्ष्य मानिसहरूलाई स्वास्थ्य र फिटनेसमा प्रेरित गर्नु र त्यसको लागि सशक्त बनाउँदै समान सोच भएका उत्साही मानिसहरुको समुदाय निर्माण गर्नु हो ।” योरपेस किप फिट सर्किट नेपालको लागि दर्ता खुला भएको छ । थप जानकारीको लागि तथा दर्ता गर्न https://forms.gle/p5pJBTAfMmZokwZT9 मा जान सकिनेछ ।

१ हप्ता अगाडि

प्रतिक्रिया