२५ वर्षपछि बजारमा आयो नोकिया ३२१०

१ हप्ता अगाडि

काठमाडौं - फिनिस कम्पनी एचएमडी ग्लोबलले नोकिया २५ वर्षपछि नोकिया ३२१० फोनलाई सार्वजनिक गरेको छ । 

केही समययता यो फिचर फोनका विवरणहरु सार्वजनिक भईरहेका थिए र कम्पनीले केही समय पहिले नै यो चर्चित फोन पुनः बजारमा ल्याउने घोषणा गरिसकेको थियो । नोकिया ३२१० को पछिल्लो संस्करणमा नयाँ लुक्सको डिजाइन र अपडेटेड स्पेसिफिकेसन्स हुनुका साथै यसले युट्युब शर्ट्स जस्ता एपहरुलाई सपोर्ट गर्दछ। इसमा नोकियाको सिग्नेचर गेमहरु, टी ९ किप्याड, ट्रयाकप्याड तथा एउटा रियर क्यामेरा सेटअप रहेको छ ।

जुन २ मेगापिक्सेलको हुनुका साथै एलइडी फ्लास पनि राखिएको छ । साथै यसमा २.४ इन्चको TFT LCD QVGA  रंगीन डिस्प्ले रहेको छ । पूरानो संस्करणमा १.५ इन्चको मोनोक्रोम प्यानल थियो । यो फोनमा  Unisoc T107  चिपसेट राखिएको छ। यो फिचर फोन S30+ अपरेटिंग सिस्टममा चल्दछ भने यसमा ६४ मेगाबाइट र्याम र १२८ मेगाबाइटको स्टोरेज रहेको छ । स्टोरेजलाई माइक्रोएसडीको माध्यमबाट ३२ गिगाबाइटसम्म बढाउन सकिन्छ । फोनमा १४५० मिलि एम्पियर आवरको निकाल्न मिल्ने ब्याट्री छ ।

फोनमा ब्लुटुथ ५.०, युएसबी सी पोर्ट र डुअल सिम फोर जी सपोर्ट रहेको छ। यो फोनको वजन ८७.८ ग्राम छ। Nokia 3210 (2024) फोनलाई कम्पनीले युरोपेली बजारमा लञ्च गरेको हो । युरोपमा यो फोनको मूल्य ८९ युरो तोकिएको छ । हाल यो फोन जर्मनी, स्पेन तथा बेलायतमा उपलब्ध छ । कम्पनीले कालो, निलो तथा सुनौलो गरी ३ रंगमा यो फोन पेश गरेको छ । यो फोन निकट भविष्यमै विश्वका अन्य बजारमा पनि उपलब्ध हुने अपेक्षा गरिएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया