काठमाडौँ महानगरपालिकालाई गोदावरी मेयरकपको उपाधि

शनिबार, ०५ जेठ २०८१, १६ : ५९

काठमाडौँ - गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिकालाई २-१ गोल अन्तरले पराजित गर्दै काठमाडौँ महानगर विजेता बनेको छ । उपाधि विजेता काठमाडौँ महानगरपालिकाले प्रथम पुरस्कार रु पाँच लाख र उपविजेता चन्द्रागिरि नगरपालिकाले रु तीन लाख प्राप्त गरेका छन् ।

गत वैशाख २९ गते सम्पन्न हुनेगरी तयारी गरिएको प्रतियोगिता वर्षात्का कारण सेमिफाइनल खेल रोकिँदा ढिला सम्पन्न भएको प्रतियोगिताका संयोजकले बताए । गोदावरी नगरपालिकाको आयोजनामा गत वैशाख १५ गतेदेखि प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयरकप फुटबल प्रतियोगिता भएको थियो । उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिम प्रतियोगितामा प्रतिस्पर्धाका लागि सहभागी थिए । 

शनिबार, ०५ जेठ २०८१, १६ : ५९

प्रतिक्रिया