काठमाडाैँ- रोयल च्यालेञ्जर्स बैंगलुरू इन्डियन प्रिमियर लिग (आइपिएल)को प्लेअफमा पुगेको छ। गएराति चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै बैंगलुरूले प्लेअफमा स्थान बनाएको हो।
पहिले ब्याटिङ गरेको बैंगलुरूले चेन्नईलाई जितका लागि २१९ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउने क्रममा चेन्नईले ७ विकेट गुमाएर १९१ रनमात्रै बनाएपछि बैंगलुरू प्लेअफमा पुगेको हो।
जवाफी ब्याटिङ गर्ने क्रममा चेन्नईका रविन्द्र जडेजा २२ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ४२ रन बनाएर नट आउट रहेका थिए । त्यसअघि रचिन रविन्द्रले ३७ बलमा ५ चौका र ३ छक्का प्रहार गरी ६१ रन बनाए। अजिन्क्य रहानेले २२ बलमा ३ चौका र छक्का प्रहार गरी ३३ रन जोडे। महेन्द्र सिंह धोनी २५ रन बनाएर आउट हुँदा ओपनर रूतुराज गायकवाड पहिलो बलमै आउट भएका थिए। बलिङतर्फ बैंगलुरूका यश दयालले २ तथा ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, लकी फर्गुसन र क्यामरून ग्रीनले १ १ विकेट लिए।
पहिले ब्याटिङ गरेको बैंगलुरूका लागि कप्तान फाफ डु प्लेसिसले अर्धशतक हाने। उनले ३९ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ५४ रन बनाए। ओपनर विराट कोहलीले २९ बलमा ३ चौका र ४ छक्का प्रहार गथरी ४७ रन जोडे। रजत पाटीदारले २३ बलमा २ चौका र ४ छक्का प्रहार गरी ४१ रन जोडे। क्यामरून ग्रीन १७ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ३८ रन बनाएर नट आउट रहे। दिनेश कार्थिकले १४ र ग्लेन म्याक्सवेलले १६ रनको योगदान गरे।
प्रतिक्रिया