काठमाडौँ - कोसेली एक्सप्रेस बाट नेपाल भरि उपहार पठाउदा खल्ति बाट भुक्तानी गर्न मिल्ने भएको छ । सजिलो र भरपर्दो तरिका बाट नेपाल भरि उपहार पठाउनको लागि, नेपालको अग्रणी अनलाइन बाट उपहार पठाउने माध्यम कोसेली एक्सप्रेसले हालै खल्ति भुक्तानीलाई पनि आफ्नो प्लेटफर्ममा समावेश गरेको छ।
यो कदमले कोसेली एक्सप्रेसका प्रयोगकर्ताहरूको लागि भुक्तानीको लागि सहजता बढाएको छ। खल्ति, नेपालमा डिजिटल भुक्तानीमा विश्वसनीय नाम हो, जसले प्रयोगकर्ताहरूलाई सुरक्षित र सहज लेनदेन गर्नका लागि एक सुरक्षित र भरपर्दो डिजिटल वालेट हो। खल्ति संगको सहकार्य बाट अब कोसेली एक्सप्रेसका ग्राहक ले नेपाल भरि अनलाइनको माध्यम बाट उपहार पठाउदा खल्ति वालेटका साथै Nepal Clearing House को Connect IPS, Mobile Banking बाट पनि भुक्तानी गर्न सकिने भएको छ।
खल्ति संगको भुक्तानीको सहकार्य बारे उत्साह व्यक्त गर्दै कोसेली एक्सप्रेसका संचालक सबिता आचार्य भन्छन्, 'खल्ति जस्तो विश्वसनीय भुक्तानी सेवा प्रदायक संगको सहकार्यले कोसेली एक्सप्रेसबाट केक, चकलेट, फलफुल लगायत विभिन्न उपहार पठाउदा भुक्तानीमा धेरैनै सहज हुनेछ ।
प्रतिक्रिया