भलिबल संघ र केडिया ग्रुपबीच सम्झौता

३ हप्ता अगाडि

काठमाडौँ - नेपाल भलिबल संघ र केडिया ग्रुपबीच फ्रेन्चाइज लिग भलिबल आयोजनका लागि सम्झौता भएको छ।  एक कार्यक्रमकाबीच नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र केडिया अर्गनाइजेसन प्रालिका प्रवन्धक विमलकुमार केडियाले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता सात वर्षका लागि भएको छ ।

यस्तै भलिबल संघ नेपालमा पहिलो पटक पुरुष फ्रेन्चाइज लिग गर्न बताएको छ। संघका अध्यक्ष चन्दले यस प्रतियोगित आयोजनको सम्पूर्ण ब्यवस्थापन केडिया ग्रुपले नै गर्ने बताए। ‘सबै ब्यवस्थापन उहाँहरुले नै गर्नुहुन्छ। खेलाडी र टेक्निकल ब्यवस्थापन केडिया ग्रुपसँगै रहनेछ।  महिलाको पनि कुरा भएको हो । तर बजेट नभएर पुरुष गर्ने  निर्णय भयो,’ अध्यक्ष चन्दले भने ,‘महिला पनि छिट्टै हुनेछ।’ पहिलो संस्करणको नेपाल भलिबल लिग आगमी माघ, फागनुमा गर्ने तयारी भइरहेको आयोजन नेपाल भबिल संघले जनाएको छ। सम्झौतासँगै केडिया ग्रुपले प्रतियोगिता सञ्चालका लागि लाग्ने सम्पूर्ण खर्च ब्यहोर्ने छ। यसैगरी ग्रुपले हरेक वर्ष संघलाई ३५ लाख रुपैयाँ उपलब्ध गराउने सम्झौतामा उल्लेख छ।

३ हप्ता अगाडि

प्रतिक्रिया