हैदरावाद सस्तैमा आउटहुँदा, कोलकात्ता नाइ राइडर्सले जित्यो आइपिएलको उपाधि

सोमबार, १४ जेठ २०८१, ०५ : ५२

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि  कोलकाता नाइट राइडर्सले इन्डियन  जितेको छ। आइतबार सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो।

फाइनल खेलमा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले २ विकेट गुमाएर १०.३ ओभरमै पूरा गर्‍यो। उपाधि दिलाउने क्रममा कोलकाताका वेंकटेश ऐयरले अर्धशतक प्रहार गरे। उनी २६ बलमा ४ चौका र ३ छक्का प्रहार गरी ५२ रन बनाएर नट आउट रहे।

ओपनर रहमानउल्लाह गुर्बाजले ३२ बलमा ५ चौका र २ छक्का प्रहार गरी ३९ रनको योगदान गरे। सुनिल नारायण ६ रन बनाएर आउट हुँदा कप्तान श्रेयस ऐयर ६ रन जोड्दै नट आउट रहे। हैदरावादका कप्तान प्याट कमिन्स र शहबाज अहमदले १.१ विकेट लिए। कोलकाताले तेस्रोपटक आइपिएलको उपाधि जितेको हो। यसअघि उसले २०१२ र २०१४ मा उपाधि जितेको थियो।

सोमबार, १४ जेठ २०८१, ०५ : ५२

प्रतिक्रिया