कति छ आजको  विदेशी मुद्राको विनिमयदर ?

बुधबार, १६ जेठ २०८१, ०७ : २८

एजेन्सी- अमेरिकी डलरको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात मंगलबार १३३ रुपैयाँ ३२ पैसा रहेको डलरको बिक्रीदर, यस दिन बढेर १३३ रुपैयाँ ३९ पैसा पुगेको छ। त्यस्तै, मंगलबार १३२ रुपैयाँ ७२ पैसा रहेको डलरको खरिददर, यस दिन बढेर १३२ रुपैयाँ ७९ पैसा पुगेको छ।

त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४४ रुपैयाँ ५४ पैसा र बिक्रीमा १४५ रुपैयाँ २० पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ५२ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९० पैसा पाइन्छ। यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन २८ रुपैयाँ २९ पैसा र बिक्रीमा २८ रुपैयाँ ४२ पैसा पाइन्छ।
 

बुधबार, १६ जेठ २०८१, ०७ : २८

प्रतिक्रिया