काठमाडाैँ - आइसिसी टी २० विश्वकपका खेल्नुअघि नेपालले आज दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ। बिहीबार आयोजक राष्ट्र संयुक्त राज्य अमेरिकासँग नेपालले अभ्यास खेल खेल्न लागेको हो। डालासस्थित ग्रान्ड प्रेइरी स्टेडिययममा नेपाली समयअनुसार खेल बेलुकी सवा ९ बजेदेखि सुरू हुनेछ। सेन्ट प्रेइरीमै नेपालले क्यानडासँग सोमबार पहिलो औपचारिक अभ्यास खेल खेलेको थियो।
उक्त खेलमा नेपाल ६३ रनले पराजित भएको थियो .त्यसअघि नेपालले ह्युस्टन हुरिकेनसँग दुईवटा अभ्यास खेल खेल्दा दुवै खेलमा विजयी भएको थियो। त्यसअघि नेपालले वेस्ट इण्डिजमा पनि अभ्यास खेल खेलेको थियो। सेन्ट भिसेन्टमा स्थानीय टिम विन्वार्ड भोलक्यानोजविरूद्धको सिरिजमा नेपाल विजयी भएको थियो।
टी-२० विश्वकप २०२४ मा नेपाल समूह ुडीु मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। नेपालले विश्वकपको पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ।
बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ। अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी(२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी(२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन्।
प्रतिक्रिया