काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकी दूतावासले फेरि अस्वीकार गरेको छ । आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका जानको लागि उनले भिसाको लागि दूतावासमा आवेदन दिएका थिए ।
यसअघि पनि अमेरिकाले उनलाई भिसा दिन अस्वीकार गरेको थियो । वेस्टइन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसीसी टी–२० विश्वकप क्रिकेटका लागि अमेरिका जाने तयारीस्वरुप भिसाको प्रक्रिया अघि बढाएका सन्दीपले पहिलो पटक भिसा रिजेक्ट भएपछि पुनः अघि बढाउँदा आज अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, उनको भिसा फेरि रिजेक्ट भएको हो ।
प्रतिक्रिया