काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा निर्माण व्यवसायीरआपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ।
कार्यालयले आज एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम आजको मितिबाट लागू हुने गरी १३ वटा निर्माण व्यवसायीरआपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो।
कार्यालयले कालोसूचीमा राखिएको अवधिभर ती निकायले कुनैपनि खरिद कारबाहीमा भाग लिन नसक्ने पनि बताएको छ।

प्रतिक्रिया