आजबाट आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता सुरु

आइतबार, २० जेठ २०८१, ०६ : ११

काठमाडाैं- नवौँ संस्करण आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । अमेरिका र वेष्टइण्डिजमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्र अमेरिका र क्यानडा खेल्दैछन् । समूह ‘ए’को यो खेल बिहान सवा ६ बजे डल्लासको ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ ।

नेपाल दोस्रो पटक टी–२० विश्वकप खेल्दै छ । नेपालले पहिलो खेल मंगलबार नेदरल्यान्डससँग मंगलबार खेल्नेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । उक्त समूहमा नेपालसहित नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश छन् । दोस्रो खेल जुन ११ मा श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा हुनेछ । त्यसपछि नेपाल वेस्ट इन्डिजतर्फ लाग्नेछ । वेस्ट इन्डिजको भिन्सेन्टमा जुन १४ दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग खेल्नेछ ।

आइतबार, २० जेठ २०८१, ०६ : ११

प्रतिक्रिया