जीवन बीमाको प्रिमियम भुक्तानी इसेवाबाट गर्दा दुबई ट्रिप जित्ने मौका

आइतबार, २० जेठ २०८१, १५ : ०९

 

काठमाडौँ - नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा प्रयोककर्ताहरूको लागि जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरु पाउने योजना ल्याएको छ । यस योजनामा एक भाग्यशाली विजेताले बम्परमा दुबई ट्रिपका साथै अन्य थुप्रै उपहारहरू जित्ने मौका पाउनेछन्। 

जेष्ठ २० देखि आसार ३१ सम्म चल्ने यो अफरमा इसेवासँग आवद्ध रहेका १२ वटा बीमा कम्पनीहरूमा जीवन बीमाको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताहरूले हरेक हप्ता आकर्षक उपहारहरू पाउनेछन्। हरेक हप्ता एक भाग्यशाली जोडीले सोल्टी होटल काठमाडौँमा १ दिन २ रातको लागि   Qmaycation Package पाउनेछन्  भने ५ भाग्यशाली विजेताले इसेवा केयर प्राप्त गर्नेछन र बम्परमा ६ दिन ५ रातको लागि दुबई घुम्न जाने अवसर पाउनेछन् ।

यसका साथै विभिन्न जीवन बीमा कम्पनीहरूको प्रिमियम तिर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक तथा अन्य आकर्षक उपहारहरू पाउन सक्नेछन् । सो योजनाको बारेमा इसेवाका प्रमुख व्यवसाय अधिकृत आशिष गौतमका भनाई अनुसार सरकारी नीतिगत तवरबाट नै डिजिटल भुक्तानीलाई प्राथमिकता र प्रोत्साहन गर्ने कुरा अघि बढि रहेको समयमा, डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको दायित्त्व स्वरूप प्रयोगकर्ताहरुमा यसको महत्त्व र आवश्यकताबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले पनि यो अभियान सञ्चालन गरिएको हो। 

यस अन्तर्गत प्रयोगकर्ताहरूले इसेवा मार्फत सजिलै आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरु पाउने व्यवस्था गरी प्रयोगकर्ताहरूमा डिजिटल भुक्तानीतर्फ थप उत्साह सिर्जना हुने पनि बताएका छन्।

आइतबार, २० जेठ २०८१, १५ : ०९

प्रतिक्रिया