आइसीसी टी-२० विश्वकप नेपालले आज पहिलो खेल नेदरल्यान्ड्सविरूद्ध खेल्दै

मंगलबार, २२ जेठ २०८१, ०७ : १०

काठमाडाैं - आइसीसी टी(२० विश्वकप २०२४ अन्तर्गत नेपालले आज राति आफ्नो पहिलो खेल खेल्दैछ। खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सविरूद्ध राति सवा नौ बजे हुँदैछ । नेपालले १० वर्षपछि विश्वकप खेल्दैछ ।

नेपालले ११ जुनमा श्रीलंकाविरुद्ध फ्लोरिडामा दोस्रो खेल खेल्नेछ भने दुई खेल वेस्ट इन्डिजमा खेल्नेछ ।  सेन्ट भिन्सेन्ट रंगशालामा १४ जुनमा दक्षिण अफ्रिकाविरुद्ध र १६ जुनमा बंगलादेशविरुद्ध नेपालले खेल्नेछ  ।

मंगलबार, २२ जेठ २०८१, ०७ : १०

प्रतिक्रिया